सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मनोसामाजिक अपाङ्गताका सवालमा सञ्चारकर्मीसँग अन्तरक्रिया

२०८० असार १३, १०:०४

धनगढीः धनगढीमा मनोसामाजिक अपाङ्गताका सवालमा सञ्चारकर्मीहरू सँग अन्तरक्रिया गरिएको छ। सुदूरपश्चिम प्रदेशमा मनोसामाजिक अपाङ्गताको सवाललाई उठान गराउनका लागि सञ्चारकर्मीहरू को भूमिकाका विषयमा रहेर उक्त छलफल गरिएको हो।

उक्त अन्तरक्रियाका क्रममा सहभागी तथा अन्य वक्ताहरूले आ–आआफ्नो क्षेत्रबाट विभिन्न महत्त्वपूर्ण कुराहरूको उठान र छलफल गरेका छन्। सोही क्रममा अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले मनोसामाजिक अपाङ्गताको समस्या र चुनौतीका विषयमा प्रकाश पार्दै सुदूरपश्चिम प्रदेशमा सरकारले नजर अन्दाज गरेको र उनीहरूको लागि बजेट नछुट्टाएको बताएका छन्। 

अहिले धनगढी उपमहानगर होस या सुदूरपश्चिम प्रदेश सरकार लेबलमा किन नहोस् जहाँ जुन क्षेत्रको सरकारी संयन्त्रले पनि सडकमा बेसहारा भएर भौँतारिरहेका र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू लाई भेटेर उद्धार गर्ने गरेको देखीन् सुनिन आएपनि व्यक्तिगत लगानीमा अथवा विभिन्न व्यक्तिहरू सहयोगी दाताहरूको सहयोगबाट कैलालीको बौनियामा बलबहादुर विष्टले सञ्चालनमा ल्याएको सहारा घरमा पुर्याईदीने गरेको तर त्यहाँ सरकारी स्तरबाट कुनै खालको बजेटको व्यवस्था अथवा अन्य कुनै पनि सहयोग गरेको देखिँदैन।

सरकारी तवरबाट कुनै एक पुनर्स्थापना केन्द्र छैन कुनै लाज सरम नमानी एक जना व्यक्तिले फराकिलो मन बनाएर सक्ने सहयोग गरिरहेको व्यक्तिको हो यो काम भने जसरी जहाँबाट भए पनि मनोसामाजिक अपाङ्गता, अथवा अवरोध भएको व्यक्तिलाई सहारा घरमा पु¥याएर आउँछन् र सरकार पक्ष अभिभावकत्वबाट पन्छिन्छ।  

अपाङ्गता भएका मध्येपनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू प्राय सामाजिक, भौतिक, राजनीतिक कानुनी र दृष्टिकोण जस्ता विभेदमा पर्ने गरेको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोशिस)का कार्यक्रम संयोजक रबी लोचन पौडेलले बताए।

२०७८ सालको जनगणना अनुसार २।२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। २०७८ सालको जनगणना अनुसार नेपालभर ६ लाख ५४ हजार ७ सय ८२ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। ती मध्ये सुदूरपश्चिममा ७० हजार ८ जना , कैलालीमा २२ हजार ६ सय ६३ जना र धनगढी उपमहानगरपालिकामा २ हजार १ सय २८ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्।

मङ्गलवार कोशिश नेपालको आयोजना, पत्रकार महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिको समन्वय र फेल्म नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका पूर्व अध्यक्ष अर्जुन शाह रहेका थिए।

कमेन्ट लोड गर्नुस