सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध खैरो हिरोईन सहित दुईजना पक्राउ

२०७६ वैशाख ५, ०७:३० खबर संवाददाता

प्रहरीले लागु औषध सहित धनगढीबाट दुईजना पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार धनगढी  उप–महानगरपालिका वडा नम्बर  ६ ढुङ्गे बजारबाट मोटसाईकलमा कैलाली गाउँबाट मटियारी जादै गरेको अवस्थामा वडा नम्बर ११ का ५१ वर्षीय मोतीलाल राना र मटियारी नजरीयाका  २५ वर्षीय  रमेश मल्ललाई पक्राउ गरिएको हो।

उनीहरु सवार से २ प ७८९८ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा  मल्लले पाईण्टको दाँया खल्तीमा प्लाष्टिकको ४ वटा थैली भित्र १८ ग्राम ३७० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादु्र बस्नेतले जानकारी दिए।

कमेन्ट लोड गर्नुस