सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–डडेल्धुरा विद्युतीय माइक्रो बस सञ्चालन हुने

२०८० असार १२, ०९:४१ खबर संवाददाता

धनगढीः धनगढी–डडेल्धुरा विद्युतीय माइकक्रो बस सेवा सञ्चालन हुने भएको छ। बुधवारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको हो। डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा भोलिदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने बताइएको छ। 

बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार भोलिदेखि बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरासम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ।

बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस