सुदूर नेपाललाई विश्वसँग जोड्दै

युद्धबाट वाग्नरका लडाकु पछि हटे

२०८० असार १२, ०९:३० खबर संवाददाता

एजेन्सीः  राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहको पछि हटेपछि सोमबार राति पहिलो पटक देशलाई सम्बोधन गरेका छन्।

रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको उल्लेख गरेका छन्। त्यसैगरी विद्रोहको प्रयासमा संलग्न नेताहरुलाई कानुनी कठघरामा ल्याउने कुरा पनि उनले उल्लेख गरेका छन्। वाग्नर समूहका लडाकुको प्रसंशा गरेका पुटिनले नाम नलिइकन नेताहरुको भने आलोचना गरेका छन्।

उनले गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै वाग्नर समूहका नाइकेहरुले रूसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहेको आरोप लगाए। पुटिनले यो विद्रोहका नेतृत्वकर्तालाई न्यायको कठघरामा ल्याउने वाचा पनि गरेका छन्।

यद्यपि पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको रूपमा वर्णन गर्दै उनीहरूलाई रूसी सेनामा भर्ती हुन, बेलारुस वा आफ्नो घर फर्कन अनुमति दिइने बताए।
 

कमेन्ट लोड गर्नुस