सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पथरैया नदीमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको भेटियो

२०८० असार १२, ०८:४८ खबर संवाददाता

धनगढीः  कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको पाइएको छ।

टीकापुर नगरपालिका–७ मा रहेको पथरैया र काँढा नदीको दोभान बैदीमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको पाइएको हो। डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन। गोहीले करिब ३५ वटासम्म बच्चा कोरलेको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। उनका अनुसार करिब ४० वटासम्म अण्डा रहेकोमा पाँच वटा असफल भएको छ। बाँकी सबै अण्डाबाट बच्चा निस्केका छन्।

“गुँडमा भेटिएको पाँच वटा अण्डाबाट बच्चा निस्केका छैनन्”, डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनु भएका ढुङ्गानाले भने, “ती अण्डाहरू सायद बिग्रेको हुनुपर्छ।” बच्चा कोरलेको माउ घडियाल गोही नदीमा केही दिनदेखि बच्चासहित देखा परिरहेको छ। घडियालको दुई वटा बच्चा भने मरेको अवस्थामा पानीमै देखिएको जनाइएको छ।

घडियालले बच्चा कोरलेपछि संरक्षणकर्मी उत्साहित भएका छन्।
 

कमेन्ट लोड गर्नुस