सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट, को–को छन् घाइते?

२०८० असार ११, १२:०७ खबर संवाददाता

कैलालीः कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिमाथि कुटपिट गरिएको छ। गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका हुन्। गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुँदै गर्दा स्थानीयसहित केही अराजक तत्त्वले आक्रमण गरेको बताए।

उनले स्थानीयको आक्रमणबाट आफ्नो हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएको बताए। राति भागाभागको स्थिति आएकाले कसलाई कति चोट लागेको छ भन्ने यकिन भइनसकेको अध्यक्ष उपाध्यायले बताए।

त्यस्तै, ढुंगामुडा समेत प्रहार गरिँदा गाउँपालिकाको नवनिर्मित भवन र प्रहरी चौकीमा समेत क्षति भएको बताइएको छ। हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी रहेको थियो।
 

कमेन्ट लोड गर्नुस