सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रराजमार्गमा बम बिस्फोट

। फोटो स्रोत ।
२०७६ वैशाख ४, ०६:०९

महेन्द्रराजमार्गको व्यस्त दुम्कौली बजारमा बम बिस्फोट भएको छ। अज्ञात समुहले महेन्द्रराजमार्ग अन्तरगत कावासोती–नारायणगढ  खण्डको व्यस्त दुम्कौली बजारको राजमार्ग छेउमा बुधबार ५ बजे शक्तिशालि बम बिस्फोट गराएको हो। बिस्फोटबाट मानविय क्षति भएको छैन। 

दुम्कौली बजारको उत्तरतर्फ राजमार्ग किनारमा शक्तिशालि बम बिस्फोट भएको स्थानिय विकास थापाले बताए। चन्द नेतृत्वको नेकपा समूहले बिहीबारका लागि आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा बम बिस्फोट भएका कारण सुरक्षा निकायले बिस्फोट उक्त समूहले नै गराएको हुनसक्ने आशंका गरेको छ।

महेन्द्रराजमार्गको उत्तरमा चौधरी उद्योग ग्राम रहेको छ भने पूर्व र दक्षिणमा बाक्लो वस्ती रहेको छ। प्रहरीले बिस्फोट बारे अनुसन्धान भैरहेको जनाएको छ। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बम बिस्फोट घटनाको अनुसन्धानमा प्रहरी खटाईसकेको बताए। साभार _ कान्तिपुरदैनिक

कमेन्ट लोड गर्नुस