कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/arrested_54.jpg?itok=WbuYLaG_)
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट १९ ग्राम ९ सय मिलिग्राम लागुऔषधसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका हुन्।
बझाङको तलकोट गाउँपालिका–१ का २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ का राजकुमार रोकाया लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ प ०१०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)