सुदूर नेपाललाई विश्वसँग जोड्दै

नगदसहित मोबाईल लुटपाट गर्ने कैलालीका एक युवक पक्राउ

२०८० असार १०, १२:४५ खबर संवाददाता

धनगढीः नगदसहित मोबाइल लुटपाट गर्ने कैलालीका एक युवक पक्राउ परेका छन्।

एक लाख ४७ हजार भारतीय रुपैयाँ र एक थान मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–८ का ३९ वर्षीय बसन्त दमाईलाई पक्राउ गरेको हो। कालिकोट नरहरी गाउँपालिका–९ का एक पीडितको नगद र मोबाइल लुटपाट भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्नलाई शनिवार साँझ पक्राउ गरिएको हो।

असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाएर पीडितबाट दमाइले नगद र मोबाइल लुटपाट गरेर फरार भएका थिए। उनको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस