सुदूर नेपाललाई विश्वसँग जोड्दै

अजयमेरु महोत्सवको स्टेज भाँचिदा ४ जना घाईते, मुख्यमन्त्री सकुसल

२०७६ वैशाख ४, ०४:५६ खबर संवाददाता

डडेल्धुराको अजयमेरु महोत्सवको उद्घघाटन कार्यक्रम सञ्चालन भईरहेको बेला स्टेज भाँचिएपछि ४ जना घाईते भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भईरहेका बेला स्टेज भाँचिएको हो। मुख्यमन्त्री भट्ट समेत स्टेजमै भएको समयमा स्टेज भाँचिएको हो। यद्यपी मुख्यमन्त्री भने सकुसल छन्। 

स्टेज भाँचिएपनि महोत्सवको उद्धघाटन भने भएको हो। अजयमेरु गाउँपालिको आयोजनामा महोत्सव सुरु भएको हो। ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो।
 

कमेन्ट लोड गर्नुस