सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ वर्षीय दिक्षान्तले बनाए कुरा गर्न मिल्ने ‘गफजीपीटी’

२०८० असार ९, ०८:३२ खबर संवाददाता

काठमाडौंः  काठमाडौंको मध्य–बानेश्वरस्थित भ्याली भ्यू स्कुलमा अध्ययनरथ दिक्षान्त पाण्डेले कुरा गर्न मिल्ने ‘गफजीपीटी’ बनाएका छन्।

भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नतिजाको पर्खाइमा रहेका १५ वर्षका दिक्षान्तले गफजीपीटी नामक स्मार्ट च्याटबोर्ट बनाउन सफल भएका छन्। उक्त एपका माध्यमबाट सजिलोसँग कुराकानी गर्न सकिन्छ। कुनै प्रश्न गर्दा गफजीपीटीले त्यसको प्रतिउत्तर तुरुन्तै दिन्छ।

यस्तै खाले एप च्याटजीपीटी छ। तर, उक्त एपलाई नै टक्कर दिने गरी दिक्षान्तले उस्तै प्रकृतिको च्याटबोट गफजीपीटी बनाएका हुन्। आर्टिफिसियल इन्टेलीजेन्सका माध्यमबाट यो एप चल्ने गर्छ। गफजीपीटीले एआई र प्राकृतिक भाषा प्रशोधन (एनएलपी) प्रविधिको प्रयोग गरी प्रयोगकर्तासँग सजिलोसँग कुराकानी गर्छ।

विभिन्न भाषामा प्रयोगकर्तासँग कुराकानी गर्नसक्ने यसको प्रमुख उद्देश्य भनेको प्रयोगकर्तालाई बौद्धिक सहयोग गर्दै सूचना र ज्ञानको दायरा बनाउनु हो। ‘यसले प्रयोगकर्ताका प्रत्येक प्रश्नको उत्तर सहजै र तार्किक रूपमा दिन्छ। दिक्षान्तले सात कक्षा पढ्दै गर्दा कोरोना महामारीका कारण लकडाउन देखि उक्त एप बनाउँर्दै आएका थिए।
 

कमेन्ट लोड गर्नुस