विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरियामा डेउडा

धनगढीः कैलालीको अत्तरिया स्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै डेउडा सुरु भएको छ।
गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेल सुरु गरिएको हो। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिवार (आज) साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा डेउडा सुरु भएको हो।
डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ। सघंर्षका कार्यक्रम अन्तरगत शनिवार बृहत डेउडा खेल्न लागेको संयोजक पाण्डेले बताए।

