सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

२०८० असार ९, ०५:४६ खबर संवाददाता

एजेन्सीः  आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेपालविरुद्ध एक सय ६८ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले एक विकेट गुमाएको छ।

टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर एक सय ६७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सका लागि ४३ बलमा तीन चौका र एक छक्कासहित ३० रन बनाएका विक्रमजितसिंह आउट भएका छन्। उनी १३औं ओरभको अन्तिम बलमा सन्दीप लामिछानेको बलमा एलबीडब्लू शिकार भए।

नेदरल्यान्ड्सले १३.१ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाएको छ। आजको खेलमा जित निकाल्ने टिम सुपर सिक्समा पुग्ने छ।
 

कमेन्ट लोड गर्नुस