सेती अञ्चल अस्पतालमा शल्यक्रियाका लागि ८ महिना कुनुपर्ने
सेती अञ्चल अस्पतालमा शल्यक्रिया गर्नका लागि ८ महिनाभन्दा वढी समय कुनुपर्ने वाध्यता रहेको छ ।
दुई जना सर्जन र दुई वटा शल्यक्रिया कक्ष रहेको अस्पतालमा शल्यक्रिया गर्नका लागि लामो समय कुर्नु परेपछि विरामीहरु मर्कामा परेका छन ।
उनीहरु समयमै उपचार नहुने भएपछि निजि अस्पताल धाउन वाध्य भएका छन । सस्तोमा हुने शल्यक्रिया महँगोमा गर्नुपर्ने विरामीहरुको वाध्यता रहेको छ ।
दुई जना सर्जन र दुई वटा शल्यक्रिया कक्ष रहेको सेती अञ्चल अस्पतालमा आउँदो मंसीर महिनासम्म शल्यक्रिया गराउनेहरुको नाम दर्ता भईसकेको छ । वर्षमा दुई हजार जनाको शल्यक्रिया हुने गरिएकोमा त्यसका लागि धेरै समय कुर्नुपर्ने अवस्था रहेको छ ।
सोमवार र वुधवार हुने शल्यक्रिया अन्तर्गत एक हप्तामा ४० जनासम्मको शल्यक्रिया गरिदै आएकोमा विरामीहरुको लाईन भने निकै वढी भएका कारण ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको छ । हर्निया, पित्त शैली, हाइड्रोसिल जस्ता समस्याको शल्यक्रियका लागि बिरामीले ८ महिना कुनुपर्ने वाध्यता रहेको कन्टलट्रयान्ट सर्जन डाक्टर सुरेन्द्र वस्नेतले जानकारी दिए ।
डाक्टर वस्नेतका अनुसार सर्जरी वाडमा ४५ वेड रहेको अवस्थामा विरामीहरुलाई ईमरजेन्सी वाहेक अरुलाई नकुराईकन नहुने अवस्था छ । अस्पतालमा विधागत रुपमा विशेषज्ञ शल्यक्रिया सेवा भएकाले पनि हरेक विधामा लामो चाप हुने गरेको छ । अस्पतालमा पत्थरी, हर्निया, हाइड्रोसिल, हाडजोर्नी, पिसाब नली लगायत रोगका बिरामीको लाईन लामो छ । तर धेरै समयम कुर्नुपर्ने वाध्यताले विरामीहरु निजि अस्पतालमा गएर महँगोमा उपचार गराउन वाध्य भएका छन ।
सस्तोमा हुने शल्यक्रियालाई लामो पर्खाईले निजि अस्पतालमा शल्यक्रिया महँगामा गराउनु पर्ने विरामीको वाध्यता रहेको छ । उपचारका लागि आएका बिरामीले लामो समयमको कुराईपछि मात्र पालो पाउने भएपछि कतिपयले रोग पाल्नुभन्दा ऋण पाल्नु जाति ठानेर निजीमा बढी पैसा तिरेर शल्यक्रिया गराईरहेका छन । यो चाप घटाउन सरकारी अस्पतालमा शल्यक्रिया कक्ष मात्र थपेर हुँदैन यसका लागि जनशक्ति, उपकरण, बेड सबै थप्नुपर्ने चिकित्सकहरु वताउँछन ।
सेती अञ्चल अस्पताल वाहेक समान हैसियतकै महाकाली अञ्चल अस्पताल र डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया सेवा विस्तार गर्न सकेमा समयमै उपचार पाउने अवस्था आउने देखिएको छ । कञ्चनपुरका विरामीहरुले महाकालीमा र पहाडी जिल्लाका विरामीले उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया सेवा पाउँदा सेतीमा विरामीको चाप कम हुनुका साथै समयमै उपचार पाउने अवस्था आउने कन्टलट्रयान्ट सर्जन डाक्टर सुरेन्द्र वस्नेतको भनाई छ । सेतीमा शल्यक्रिया कक्ष, सर्जन सहितका जनशक्ती र त्यही अनुसारको पुर्वाधार थप भएमा समयमै उपचार पाउने छन ।