मुख गनाएमा…

सुकुमेललाई मुख गनाउने औषधिका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकुमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।
खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ ।
ल ल्वाङले पनि सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्छ ।
प्राकृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।
अम्बा र अनारको प्रयोगले स्वस्थ श्वासप्रश्वासमा निकै राम्रो भूमिका खेल्छ । यसले पाचनप्रणालीलाई समेत चुस्त राख्छ ।
