सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिनावारी अनियमित छ ? यसो गर्नुहोस्

२०७५ साउन ३१, ०८:५३

  जोकोही महिलालाई पनि महिनावारीमा असन्तुलन हुन सक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ ।
यसका लागि मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ ।
मुला, भटमास, मेथी, गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।
गुँड र तिलको लड्डुको प्रयोग गर्दा पनि महिनावारीको अनियमिततालाई नियमिततामा ल्याउन सक्छ ।
महिनावारीमा विभिन्न समस्या आउँछ र एकाग्रता हुँदैन भने अनारको बोक्राको सहारा लिन सक्नुहुन्छ । यसका लागि बोक्रा सुकाई पिसेर पानीसँग एक चम्चा पिउनुपर्छ । यसले आराम पनि प्रदान गर्छ ।

कमेन्ट लोड गर्नुस