सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहान उठेपछि जे गर्नुहुँदैन

२०७५ साउन ३१, ०९:०३

 भनिन्छ, दैनिकीलाई राम्रो बनाउन दिनको सुरुवातले ठूलो भूमिका खेलिरहेको हुन्छ । दिनभर ऊर्जाशील हुन दिनको सुरुवात पनि स्वस्थकर हुन जरुरी हुन्छ ।
 बिहान गर्ने गलत कामले पूरा दिनलाई नै खराब गर्छ । बिहानको समय गरेका गल्तीको सीधा असर हाम्रो जीवनशैलीमा पर्ने गर्छ । यस्तो गतिविधिमा विशेष ख्याल गर्नुपर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै यस्ता गल्ती कहिल्यै गर्नुहुँदैन :
उठ्नेबित्तिकै काम गर्नु
प्रायः मानिस उठ्नेबित्तिकै आफ्नो काममा लाग्ने गर्छन् । किनकि, उनीहरूलाई समय छोटो या कमजस्तो लाग्छ । जुन निकै गलत गतिविधि हो । छिटोछिटो काम गर्नु त अझ हानिकारक हुन्छ । 
जब बिहान आँखा खुल्छ, त्यसपछि केही बेर रिल्याक्स रहनुपर्छ । त्यसपछि मात्र दायाँ–बायाँ गर्दै उठ्नुपर्छ । यसो गर्दा शरीरमा सन्तुलित तरिकाले ऊर्जाको सञ्चार हुन्छ ।
मोबाइलको प्रयोग
पछिल्लो समय मानिस उठ्नेबित्तिकै स्मार्टफोनमा झुन्डिने गर्छन् । यस्तो गतिविधि धेरै मानिसको लाइफस्टाइल नै बनिसकेको छ । उठ्नेबित्तिकै कतिपय लामो समय सामाजिक सञ्जालमा व्यस्त रहन्छन् भने कतिपयले ह्वाट्सएपको म्यासेज, मेल आदि परीक्षण गर्छन् । 
यस्तो गतिविधिले लाइफस्टाइलमा नकारात्मक असर पु-याउँछ । यस्तो गर्दा स्ट्रेस त बढ्छ नै, साथै हाम्रो आँखाको स्वास्थ्यमा पनि नराम्रो गरी असर पु-याउँछ ।
एकै प्रकारको व्यायाम
बिहान उठेपछि प्रायः मानिस योग या एक्सरसाइज त गर्छन् तर धेरैले एउटै प्रकृतिको एक्सरसाइजलाई दैनिक रूपमा दोहो-याउने गर्छन् । कहिल्यै पनि यसरी एक्सरसाइज दोहो-याउनु हुँदैन ।
 किनभने, शरीरको एउटा भागमा केन्द्रित रहेको एकै प्रकारको एक्सरसाइज र योगाले सम्बन्धित अंगमा अतिरिक्त चाप पर्न जान्छ । जुन स्वास्थ्यका लागि स्वस्थकर हुँदैन । त्यसैले दैनिक फरक–फरक प्रकारका योग वा व्यायामको आवश्यकता हुन्छ ।

कमेन्ट लोड गर्नुस