सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरोटले ओठ कालो भयो ?

२०७५ भदौ १, ०८:२७

प्रायः मानिसले गुलाबी र मुलायम ओठ मन पराउँछन् । किनकि, ओठले सौन्दर्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले पनि मानिसले ओठको सौन्दर्यमा ध्यान दिने गर्छन् ।
 अझ महिलाले त ओठलाई सुन्दर बनाउन विभिन्न रङका लिपस्टिक पनि प्रयोग गर्छन् । या भनौँ ओठको शृंगार पनि गर्छन् । तर, विभिन्न कारणले ओठको रङ उड्ने र कालो हुने पनि गर्छ । धूम्रपान या अन्य कारणले यस्तो हुने गर्छ । 
यसरी ओठको रङ परिवर्तन भएमा सुन्दर अनुहारमा नराम्रो दाग लागेजस्तो अनुभूति हुन्छ । यी हुन् कालो ओठलाई पुनः सफ्ट र गुलाबी बनाउने केही टिप्स :
टुथब्रसको प्रयोग
टुथब्रस दाँत सफा गर्ने प्रयोजनमा प्रयोग गरिन्छ । तर, यसलाई कालो ओठ भएमा त्यसबाट मुक्ति पाउन पनि प्रयोग गर्न सकिन्छ । 
यसका लागि टुथब्रसले बिस्तारै–बिस्तारै ओठ रगड्न सकिन्छ । यसो गर्दा ओठको कालो सफा हुन थाल्छ । तर, बेसरी लामो समयसम्म रगड्दा भने अन्य समस्या आउन सक्छ । यसमा सचेत हुनुपर्छ ।
चिनी र कागती
कालो ओठको रङ परिवर्तन गरी पहिलेकै अवस्थामा ल्याउन चिनी र कागती मिलाएर स्क्रम बनाई दैनिक ओठमा लगाउनुस् । यसो गर्दा बिस्तारै ओठ गुलाबी र सफ्ट हुन थाल्छ ।
ग्लिसिरिन
ग्लिसिरिन र कागतीको रसले स्किन सफ्ट मात्र बनाउँदैन, यसलाई ओठमा लगाई कालोपनको समस्याबाट बच्न पनि सकिन्छ ।
चुकन्दरको रस
चुकन्दरको रस या यसको प्याकलाई दैनिक रूपमा ओठमा लगाउँदा बिस्तारै ओठको कालोपन हटेर जान सहयोग पुग्छ ।
अनार
आनार खाँदा स्वास्थ्यका लागि त निकै फाइदा पुग्छ नै, यसले ओठको स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसको प्रयोगले ओठको रङलाई ठीक राखिराख्न पनि मद्दत पुग्छ ।

कमेन्ट लोड गर्नुस