गर्दन दुख्छ ? कारण र उपचार
गर्दर्न दुख्ने समस्या आम समस्या हो । यो समस्या प्रायःकम्प्युटर वा मोबाइलमा लामो समय विताउने वा अग्लो तकिया राखेर सुत्ने मानिसहरुमा देखा पर्ने गर्दछ ।
त्यसबाहेक, ओस्टियोपोरोसिस, सर्भाइकल बोन हर्निएशन लगायतका समस्या भएमा पनि गर्दन दुख्ने गर्छ ।
हुन त गर्दन दुख्ने समस्या जटिल समस्यामा पर्दैन । त्यसैले, यो समस्या दुई देखि तीन हप्तासम्ममा आफै कम भएर जान्छ ।
किन दुख्छ गर्दन ?
विशेषगरी, हाम्रो गर्दनको पछाडीको भागमा रहेको हड्डीमा कुनै समस्या पैदा भएमा , हड्डी अररो भएमा वा उक्त हड्डीमा नयाँ हड्डी पलाएमा पनि गर्दन दुख्ने गर्छ ।
त्यसबाहेक, गर्दन पछाडीको मांसपेशी थाकेमा, ओछ्यानमा सुतेर किताब पढेमा, राती सुत्दा दाँत किटेमा पनि गर्दनको मांसपेशीमा खिचाव पैदा भई गर्दन दुख्ने गर्दछ ।
त्यस्तै, गर्दनको हड्डी खिइएर ओस्टियोपोरोसिस भएमा, गर्दनको हड्डी वा डिस्क -हर्नियाबाट ग्रसित भएमा) दायाबाट सर्ने गर्छ, जसका कारण उक्त हड्डीले बाहिर भएका नशामा दवाव पैदा गरी गर्दनमा दुखाई उत्पन्न गराउँदछ ।
त्यसबाहेक, कुनै घाउ, चोट वा विमारीका कारण गर्दनमा कुनै समस्या पैदा भएमा पनि गर्दन दुने गर्दछ । जसका कारण गर्दनलाई यताउता फर्काउन वा चलाउन समस्या हुने गर्छ ।
र, यस्तो समस्या भएमा लामो समयसम्म गर्दन दुख्न सक्दछ । सामान्यतया यस्ता समस्या दुई देखि तीन हप्तामा आफै कम भएर जाने गर्दछ । तर कहिलेकाही घाउ, चोट वा अन्य कुनै कारणले गर्दा यो समस्या लामो समयसम्म रहिरहने गर्दछ ।
त्यसैले , यस्तो समस्या धेरै दिनसम्म रहेमा चिकित्सकको परामर्श अनुसार सिटी तथा एमआरआई पनि गर्नु पर्ने हुनसक्छ । साथै, औषधी तथा फिजियोथेरापीद्धारा पनि यो समस्या निको पार्न सकिन्छ ।
तर त्यति गर्दा पनि यो समस्या निको नभएमा नभएमा शल्यक्रिया समेत गर्नु पर्दछ । तर धेरै कम अवस्थामा मात्र यस्तो गम्भीर समस्या निम्तने हुदाँ आत्तिहाल्न पर्दैन ।
गर्दन दुख्नुको मुख्य कारण
सभाईकल बोनमा बाथ हुनु । गर्दन वरिपरिको हड्डी क्षति भएमा । गहुँगो सामान उचालेमा ।
कुनै ट्रमाका कारण । सर्भिकल बोन हर्निएशन । गर्दनको लम्बाई सानो भएमा । त्यसबाहेक, लामो समयसम्म मोबाइलमा कुरा गरेमा । लामो समयसम्म मोबाईल एकनाशले हेरेमा ।
सुत्न नमिलेमा । धेरैबेर कम्प्युटरमा बसेर अफिसको काम गर्दा ।
गर्दन दुख्नुको मुख्य लक्षण
-छुदाँ दुख्नु
-कुम वरिपरिको भागमा दुखाई महसुस हुनु
-टाउको दुख्नु
-हात झमझमाउनु
-हातका मांसपेशी कमजोर हुनु
-चक्कर आउनु
यस्तो समस्या विशेषगरी नशा दविनाले हुन थाल्छ । र , उक्त दुखाई गर्दनको माथिल्लो भाग वा तल्लो भाग हुँदै कम्मरसम्म पुग्ने गर्छ ।
कुन बेला चिकित्सकलाई देखाउने ?
-सहनै नसक्ने गरी गर्दन बेस्सरी दुखेमा
-दुखाई हात तथा कुमसम्म पुगेमा
-हात तथा ढाड झमझमाएमा तथा हातमा कमजोरी महसुस भएमा
-ज्वरो आएमा
-सास लिनमा त था खाना निल्नमा समस्या भएमा
यस्ता दुखाईबाट बच्न के गर्ने ?
-फिजियोथेरापिस्टको निगरानीमा गर्दनको स्टे्रनिङ्ग एक्सरसाइ ज गर्ने
-सर्भाइकल कोलार लगाउने
-सुत्ने बेलामा सानो तरीका वा पातलो तौलियाको प्रयोग गर्ने
-मांसपेशीलाई आराम दिने औषधीको खाने
-नदुख्ने औषधीको सेवन गर्ने
-काम गर्दा सही पोजिसनमा बसेर काम गर्ने ताकी गर्दन सम्बन्धि कुनै समस्या नहोस्

