कैलालीमा जुनसुकै हालतमा पनि पशु अस्पताल राख्न माग (भिडियो सहित)
किसान र उद्यमीहरु संघर्ष समिति वनाएर विभिन्न निकाय धाउँदै
मागको ६० प्रतिशतभन्दा पनि वढी पशुजन्य उत्पादन धानिरहेको कैलालीमा जुनसुकै हालतमा पनि भेटिनरी डिभिजन कार्यालय स्थापना हुनुपर्ने व्यवसायिक किसान र उद्यमीहरुले माग गरेका छन । नौ जिल्लालाई सेवा पुराउने गरी स्थापना हुने भेटिनरी डिभिजन कार्यालय कैलालीमा नराखिने भएपछि किसान र उद्यमीहरु त्यसको माग गर्दै विभिन्न निकायहरु धाईरहेका छन् ।
सवैभन्दा वढी पशुजन्य उत्पादन भईरहेको जिल्लामा पशु अस्पताल नहुनु कृषि व्यवसायलाई धरासायी वनाउन खोजेपछि किसान र उद्यमीहरु विशेषज्ञ सेवा सहितको पशु अस्पताल कैलालीमा हुनुपर्ने आवाज उठाईरहेका छन । संघीय संरचना अनुसार जिल्ला पशुसेवा कार्यालय हटेर आगामी साउनदेखि सञ्चालनमा आउन लागेको भेटिनरी डिभिजन कार्यालय जुनसुकै हालतमा स्थापना हुनुपर्ने माग किसान र उद्यमीले गरेका हुन् ।
कञ्चनपुर वझाङ, वाजुरा, डडेल्धुरा, वैतडीमा सरकारले डिभिजन कार्यालय स्थापना गर्दा सवैभन्दा वढी पशुजन्य व्यवसाय, लगानी र माग परिपुर्ति गरिरहेको कैलालीमा स्थापना नगरेर कृषि क्षेत्रलाई धरासायी वनाउन खोजेपछि किसान र उद्यमी त्यसका विरुद्ध लाग्दै जिल्लामा विशेषज्ञ सेवा सहितको पशु अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाको माग गरिरहेको नेपाल विउ विजन व्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकालले वताए ।
दुग्धजन्य पदार्थ, पशुजन्य पदार्थ, मासुजन्य पदार्थ लगायतका क्षेत्रमा आत्मनिर्भर उन्मुख भईरहेका अवस्थामा माछा लगायतका क्षेत्र पनि उकालो लागिरहेका वेला कृष क्षेत्रमा अर्वौ लगानी गरिएको छ । जिल्लामा पर्याप्त माग पुरा भएर प्रदेश ७ का वाँकी ८ जिल्लाहरुमा पशु र कृषिजन्य उत्पादनहरु निर्यात गर्नका लागि क्वारेन्टाईन चेकजाँच र पशु अस्पतालमा विशेषज्ञ सेवा हुनुपर्ने आवाज उठाउँदै संघर्ष समिती गठन गर्दै विभिन्न निकाय धाएर किसान र उद्यमीहरुले उठाईरहेका छन् ।
संघीय सरकार र प्रदेश सरकारका माथिल्ला निकायहरुलाई ज्ञापन पत्र वुझाउँदै कैलालीमा भेटिनरी डिभिजन कार्यालय स्थापनाको आधार प्रमाण् सहित पेस गरेको पशु अस्पतालका लागि गठन भएको नौ सदस्यीय संघर्ष समितीका सदस्य धनवहादुर चौधरीले जानकारी दिए ।
कृषि क्षेत्रमा फड्को मारिरहेको र लगानी वढिरहेको कैलालीमा भेटिनरी डिभिजन कार्यालय स्थापना नभएमा यसले कृषि क्षेत्र धरासायी हुने चिन्ता गर्दै किसान र उद्यमीहरु त्यो सच्चाउन माग गरिरहेका छन । कैलालीमा राख्न पहल गरिरहेको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेजनाएको छ ।
सो विषयमा दुई दिनअघि नै केन्द्रमा वुझिरहेको र कैलालीमा राख्न लागिरहने आश्वासन भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले दिईन् ।