सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको लालझाडीमा ४० जना कुष्ठरोगी

२०७५ जेठ २, ०९:५३

कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ। कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ। गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन्। पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए। कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो। सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई हाल परिवारसँगै राखेर उपचार गरिँदै आएको अध्यक्ष मदनसेन बडायकले बताए। कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्यचौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस