सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

२०७५ भदौ १५, ०७:१९

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको समापन पश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उनीहरुबीच भेटवार्ता भएको हो । उनीहरुको बीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग सौहार्दपूर्ण वार्ता भएको र छोटो समयको तयारीमा बिम्स्टेकको शिखर सम्मेलन यति भव्यताका साथ सफल भएकामा उनको सहयोगको प्रशंसा गरी ट्विट गरेका छन् । (रासस) 
 

कमेन्ट लोड गर्नुस