सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा र मुख्यमन्त्री भट्टबिच भेटवार्ता

२०७५ वैशाख १८, ०६:२७

पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टविच भेटवार्ता भएको छ । आज बिहान धनगढी स्थित देउवा निवासमा पुर्व प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा पुर्वप्रधानमन्त्री देउवाले मुख्यमन्त्री भट्टलाई प्रदेशको समृद्धीका लागि आफु साथमा रहेको बताए । उनले सक्रिय भएर प्रदेशको विकासका लागि लाग्न सुझाव पनि दिए ।

प्रतिनिधि सभाको चुनावका बेला देउवा पत्नी आरजुले किनेको घरमा विहान भेटवार्ता भएको हो । भेटमा प्रदेशको विकास, राजधानी र नामाकरण बारेमा पनि कुराकानी भएको मुख्यमन्त्रीका स्वकिय सचिव शिव ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्टलाई देउवाले प्रतिपक्षलाई पनि समेट्दै सहमति गरेर अघि बढेमा राम्रो हुने सुझाव दिएका थिए ।

मुख्यमन्त्री भट्टले पुर्वप्रधानमन्त्री देउवालाई प्रदेशको समृद्धि, विकास, नामाकरण र राजधानी बारेमा सकारात्मक सहयोगका लागि आग्रह गरे । उनले प्रदेश ७ मा राष्ट्रिय गौरवका योजनाहरुको संख्या बढाउनका लागि सहयोग गर्न पनि देउवालाई आग्रह गर्नुभएको मुख्यमन्त्रीका स्वकिय सचिव ओलीले जानकारी दिए । 
यस्तै अत्तरियामा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नबनिर्मीत भबनको उदघाटन गर्दे पूर्बप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले बिकाश निर्माणका कुरालाई राजनैतिक आस्था र बिभिन्न जातजातीको बिषयसंग जोड्न नहुने बताए ।

उनले सुदूरपश्चिममा धेरै किसिमका जातजाती बस्ने भएकोले विकास निमार्णका काममा सबैले एकजुट हुनुपर्ने बताए । करिब २ करोड ७० लाखको लागतमा निर्माण गरिएको २८ कोठे क्याम्पस भबनमा हाल स्नातक र स्नाताकोत्तर तहका बिभिन्न बिषयमा कक्षा संचालन हुदै आएको छ । 

कमेन्ट लोड गर्नुस