सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवाश तयार नहुँदा १० दिनदेखि मुख्यमन्त्री गेष्टहाउसमा बस्दै

२०७४ फाल्गुन १५, ०६:४४

सपथ लिएको १० दिन भईसक्दा पनि प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आवास अझै तयार भएको छैन । मुख्यमन्त्रीको आवास तयार भई नसकेकाले उहाँ पुरानो फुलवारी बसपार्क नजिक रहेको कृषि विकास बैंकको गेष्ट हाउसमा बसिरहेका छन । गतिलो सरकारी आवासहरु खाली नभएका र नीजि घर भाडामा लिईएकाले त्यसको मर्मत रंगरोगन हुँदा सम्मका लागि कृषि विकास बैंकको गेष्ट हाउनसमा बस्ने गरिएको उहाँका स्वकीय सचिव शिव ओलीले बताए ।

सरकारी आवासहरु मन नपराएका र नीजि घरहरु भाडामा लिनका लागि सपथ लगत्तै अत्तरियामा खोज्न भनेपछि ढिलाई भएको प्रदेश कार्यालय ब्यवस्थापन समितिले जनाएको छ ।
सुरुका तीन÷चार दिन अत्तरिया आसपासमा आवासका लागि घरहरु खोजेको प्रदेश कार्यालय ब्यवस्थापन समितिका सदस्य सचिव तथा शहरी विकास तथा भवन निर्माण डिभिजन कैलालीका प्रमुख रविन्द्र बोहराले बताए ।

एक हप्ता अघि धनगढीको उत्तरबेहडीमा रहेको पुर्व डिएसपी योगेन्द्र थापाको दुई तले घर माशिक ४५ हजार भाडामा लिने गरी सम्झौता गरिएको छ । तर त्यसमा पनि रंगरोगन, सुरक्षाकर्मीको बस्ने भवन बनाउन ढिलाई भएको हो । मुख्यमन्त्रीको आवासमा बुधबार रंगरोगनको काम सकिने शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीका ईन्जिनियर सालीग्राम उपाध्यायले बताए । तर त्यहाँ सुरक्षाकर्मी बस्ने घर नयाँ बनिरहेकाले अझै मुख्यमन्त्रीले आवासमा सर्न समय लाग्ने भएको हो ।

कमेन्ट लोड गर्नुस