सुदूर नेपाललाई विश्वसँग जोड्दै

७१ वर्षमा नागरिकता पाईन् सपना वादीले

२०७५ वैशाख १९, ११:१४

बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहे लगत्तै श्रीमानको मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि नागरिकता पाएको बताईन् । सपनाको नागरिकताका लागि नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरी नागरिकता बनाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहको पहलमा सपना बादीले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।  अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र ईन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्च समेत सहयोग गरेको सपना बादीले बताईन् । सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिं केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् । 
 

कमेन्ट लोड गर्नुस