१५ बर्षमा विवाह गरेकी सदिक्षाले तिन वटा छोरी जन्माईन्
बझाङको विकट ठाँउ दुर्गाथली गाँउपालिका ५ भलानेकी सदिक्षा जपे्रलले स्वास्थ्य चौकीमा तिन वटा छोरी जन्माएकी छन् । उनले सोमबार शैनपसेला स्वास्थ्य चौकीमा तिन वटा छोरीलाई जन्म लिएकी हुन । १५ बर्षको उमेरमा विवाह गरेकी जपे्रलले २२ बर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको सदिक्षा जपे्रलकी सासु अञ्जना जपे्रलले बताईन । अहिले जपे्रलका तिन वटै छोरी सकुसल छन् । जपे्रलले तिन वटा छोरीको जन्म दिए पछि छिमेकी ठाँउ दौला, सैनपसेला, दुर्गाथली, भलाने लगायतका ठाँउ बाट छोरी हेर्न जानेको भिड लाग्ने गरेको छ ।
तिन वटै छोरीको नाम समेत राखेको अञ्जना जप्रेलले बताई । जेठो छोरीको नाम आकृति, माईली छोरीको नाम प्रकृति र कान्छी छोरीको नाम संस्कृती राखीएको छ । घरमा काम गर्ने कोही कहुदा समस्या भएको उनको भनाई छ । श्रीमान भिम जपे्रलल र छोरा गजेन्द्र जपे्रल रोजगारी गर्नका लागी भारत गएका छन् । घरको अवस्था कमजोर भएका कारण तिन वटै छोरीको शरीरमा लगाउने कपडा सम्म किन्न नसकेको अञ्जनाले दुखेसो पोखीन । स्वास्थ्य चौकी बाट पाएका लगुहरुले अहिले गुजरा चलाईरहेको उनले बताईन ।