११ किलो लागु औषध चरेश बरामद
मकै र कोदोको बोरा भित्र लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रहरीले ११ किलो लागु औषध चरेश बरामद गरेको छ। शनिवार बेलुका बझाङ बाट धनगढी तर्फ आउदै गरेको ना ७ ख ३१२७ नम्बरको बसमा चेक चाँज गर्दा ११ किलो लागु औषध चरेश फेला परेको हो। अस्थाई प्रहरी पोष्ट झोताले बस चेक जाँच गर्ने क्रममा बसको पछाडीको डीक्की भित्र मकै र कोदोको बोरा भित्र लुकाई छिपाई चरेश धनगढी तर्फ लैजादै गर्दा फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ऋर्षिराम कडेलले बताए।
प्रहरीले उक्त बसमा सवार बझाङको मष्टा गाउपालिका १ का अन्दाजी ५० वर्षका दल बहादुर रोकाया, बस, सवारी धनी, चालक र सह चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जाएको छ।