सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा भन्सार पुर्नस्थापना भएनन्

२०७४ फाल्गुन २८, ०६:४६

सुरक्षाको कारण देखाउदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका तीन वटा छोटी भन्सार कार्यालयहरु अझै पुर्नस्थापना भएका छैनन् ।

सरकारले भन्सार मार्फत राजस्व बढाउने नीति लिएपनि जिल्लामा विस्थापित भएका भन्सार पुर्नस्थापना नहुँदा राज्यले लाखौ राजस्व गुमाउदै गएको छ ।

दार्चुलाको त्रिदेशीय सीमामा रहेको व्यासको सीतापुल तिंकर छोटी भन्सार कार्यालय २०५७ सालमा विस्थापित भएको हो ।

यस्तै दत्तु र जौलजीविमा रहेका भन्सार कार्यालय पनि पुर्नस्थापना भएका छैनन् ।

कमेन्ट लोड गर्नुस