सम्पर्क विहिन बाजुराको गुम्वा गाँउ
लगातारको बर्षाले बाजुराको सर्वाधिक विकट गाँउ गुम्वा सम्पर्क विहिन बनेको छ । हिमाली गाँउपालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाँउमा आवतजावत गर्ने बाटो पहिराले बगाउदा र नदिमा रहेका काठेपुल बगाउदा गाँउनै अन्य समुदायसँग सम्पर्क विहिन रहेको छ । त्यहाँ कुनै सञ्चार सेवा समेत छैन् । सदरमुकाम मार्तडीदेखि ४५ कोष टाढा अर्थात पैदलमा ४ दिनमा पुगिने बिच्छँयाको गुम्वा गाँउमा आवतजावत गर्ने पुल र बाटो व्यवस्थीत छैन् । गुम्वा गाँउमा २५ परिवार बसोवास गर्दै आएका छन् ति सबै परिवार सम्पर्क बिहिन रहेका छन् । त्यो गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचनाबाट बिमुख रहेका वडा सचिब गौरी कान्त सञ्जालले वताएका छन् । बर्षाद शुरु भएदेखीनै गाँउका कोही पनि सम्पर्कमा नआएको र त्यो गाँउ पनि जान नसकिएको सञ्जालले वताए ।
हिउँदमा गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जानका लागि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
गुम्वाबाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ति नदिमा पुल छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए । बर्षातको बाढि बगाउदा त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद भएको छ, बिच्छँयाका अगुवा अम्मलाल बुडथापाले भने ।
गुम्वा जाने बाटो समेत न सरकारले काटेको छ न पुल बनाईदिएको छ । सरकार बाट त केही अपेक्षा गर्न सकेका छैनौ, सरकार भएको अनुभुति पनि नभएको स्थानियले वताएका छन् ।