लामो दुरीका सवारीका साधन बन्द
जयपृथ्बी राजमार्ग सडकको स्थरोउन्नती नभएको भन्दै बझाङका बस ब्यावसायीहरुले लामो दुरीमा चल्ने सवारीका साधनहरु बन्द गरेका छन्। दिन प्रतिदिन सडक बिग्रिदै गएको र दुर्घटनाको उच्च जोखिम भएको भन्दै यातायात व्यवसायीहरुले लामो दुरिका यातायातका साधनहरु बन्द गरेका हुन्। यातायात व्यवसायीहरुले सदरमुकाम चैनपुर नजिकैको सिमखेतबाट चल्ने लामो दुरिका बसहरु बागथलाबाट मात्र संचालन भन्दै बसपार्क खाली गर्दै बागथला लिएका हुन्। बागथलादेखि सदरमुकाम चैनपुरसम्मको झण्डै ४८ किलो मिटर सडक निकै कष्टकर रहेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्र्रिएका हुन्।
ओटासिल भएको झण्डै दुई बर्ष बित्न लाग्दा सडकको ठाँउ ठाँउमा खाल्डाहरु र साना तिना पहिरोले सडक ठाँउ ठाँउमा अवरुद्ध हुने गरे पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै बागथालावाट मात्र चलाउनु परेको सुदुरपश्चिम टिकट काउन्टरका कर्मचारी जीवन खड्काले बताए। गाँउ गाँउमा डोजर लगाई ग्रामीण सडकहरु धमाधम निर्माण भएका कारण अलिकती पानी पर्ने वित्तिकै शाखा सडकको ढुङ्गा माटो बगाएर राजमार्गमा आउदा सडक अवरुद्ध हुने गरेको स्थानीयवासीको भनाई छ।