सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारकर्मी खड्का पाँच दिनदेखि बेपत्ता

२०७५ भदौ १३, ०१:०६

सञ्चारकर्मी तेजवहादुर खड्का  ५ दिनदेखि वेपत्ता भएका छन् । यसअघि रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता तथा हाल वाजुराको एक रेडियोमा कार्यरत खड्का वाजुराको वुढीनन्दा तिर्थयात्रावाट फर्किने वेला वेपत्ता भएका हुन् । समूहमा तीर्थयात्रा गएर फर्कने क्रममा पानी खाने ठाउँमा सामान छुटेपछि फर्केर लिन गएका  खड्का त्यसपछि फर्केर भेट नहुँदा सम्पर्क विहीन भएका हुन् । पाँच दिनदेखि सम्पर्कमा नरहेका खड्काको खोजीका लागि बाजुराको मार्तडीबाट नेपाल प्रहरी र सेनाको टोली खोजीको लागि आज हिडेको छ । हिजो पठाएको टोली विच वाटोवाटै फर्किएपछि आज अर्को टोली पठाईएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिए ।


नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष रहेका खड्काको खोजीका लागि हेलिकप्टर जान नसकिने अवस्था रहेको  छ । मौसम उचाईका कारण हेलिकप्टरवाट खोजी गर्न नसकिने भएकोले पैदलयात्रावाट टोली पठाईएको अध्यक्ष सिंहले वताए । हाल वाजुराको रेडियो वुढीनन्दामा कार्यरत खड्काले यसअघि २०५५ सालदेखि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायल र त्यसपछि केन्द्रीय प्रसारण केन्द्र काठमाडौँमा पनि काम गरेका थिए । रेडियो नेपालमा रहँदा उनको ‘देउडा गीतको सेरोफेरो’ र  गीति कथाको कार्यक्रम निकै लोकप्रिय रहेको थियो । 
कमेन्ट लोड गर्नुस