सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा निकुञ्ज भएसंगै पर्यटकको सङख्यामा वृद्धि (कुराकानी सहित)

२०७५ असार २१, ०६:४७

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई  निकुञ्ज बनाएसंगै पर्यटकको सङख्यामा दोव्वरले बृद्धी भएको छ । झण्डै २ बर्ष अगाडी ४४ बर्ष अगाडी स्थापना गरिएको शुक्लाफाटा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाईएको थियो । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षलाई निकुञ्जका रूपमा रूपान्तरण गरेसंगै पर्यटकहरुको सङख्यामा दोव्वरले बृद्धी हुन थालेको हो ।

विगतमा बार्षिक २ हजार देखि ३ हजार पर्यटक आउने गरेकोमा अहिले ५ हजारदेखि  ६ हजार सम्म पर्यटकहरु आउन थालेको निकुञ्जले जनाएको छ ।  शुक्लाफाटामा पर्यापर्यटन प्रवद्र्धन गर्न सजिलो होस् भनेर निकुञ्ज बनाइएको थियो । आरक्ष मात्र हुँदा पर्यटकीय गतिविधि सञ्चालन गर्न बाधा भएकोमा निकुञ्ज भएसंगै पर्यटकीय गतिविधि सञ्चालनका लागि निकुञ्ज भित्र विभिन्न संरचना निर्माण हुन थालेका छन् । 
पर्यापर्यटन प्रवद्र्धन गर्ने प्रयोजनकै लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षणलाई निकुञ्ज बनाइएकाले अहिले सो लक्ष्य पुरा हुुन लागेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षक अधिकृत गोपाल वहादुर घिमिरेले बताए । निकुञ्जभित्रको क्षेत्रमा होटल सञ्चालन गर्न सकिए अझै पर्यटकहरुको सङख्यामा बृद्धी हुने उनले बताए ।

स्थानीयले निकुञ्ज घोषणापछि यस क्षेत्रको पर्यटन विकासले फड्को मार्ने अपेक्षा गरेका थिए । तर महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न भएर सुचारु भए मात्रै उक्त लक्ष्य पुरा हुने उनको भनाई छ ।

यसै विषयमा सहकर्मी नवराज पनेरुले शुक्लाफाटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षक अधिकृत गोपाल वहादुर घिमिरेसंग कुराकानी गरेका छन् । 
कुराकानी :

कमेन्ट लोड गर्नुस