विग्रिए धनगढीको मुख्य वजारका सिसि क्यामेरा

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको मुख्य बजार क्षेत्रमा राखेका सिसि टिभि क्यामेराहरु फेरी बिग्रिएका छन । ट्राफिक चौराहादेखि जिल्ला प्रहरी कार्यालय सम्म राखिएका १२ ओटा मध्ये चार ओटा सिसि क्यामेरा बिग्रिएका हुन । चौराहदेखी बसपार्क क्षेत्रसम्मका सिसि क्यामेरा बिग्रीएको महिनौ हुदा समेत मर्मतका लागि कसैले ध्यान दिएको छैन । आफुहरुबाट चन्दा संकलन गरी जडान भएका सिसि क्यामेरा संचालनमा नरहेपछि व्यापारीहरु निराश भएका छन । व्यापारीहरुसंग चन्दा संकलन गरी जिल्ला प्रहरी कार्यालय र कैलाली उद्योग बाणीज्य संघको सहकार्यमा धनगढी बजारमा जडान भएका सिसि क्यामेरा बिग्रीएको महिनौ हुदा समेत मर्मत नभएका हुन ।
जस कारण बजार क्षेत्रमा चोरीका घटना बढ्न थालेको भन्दै व्यापारीहरु त्रसित भएका छन । तत्कालीन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख राजेन्द्र बिष्टको पालामा धनगढी बजारमा शान्ति सुरक्षा कायम गराउन सहयोग हुने भन्दै १२ ओटा सिसि क्यामेरा जडान गरिएका थिए । यो कार्यका लागि कैलाली उद्योग बाणीज्य संघले व्यापारीहरुसंग चन्दा उठाएको थियो । तर आफ्नो पसलको सुरक्षा हुने भन्दै खुसी भएर चन्दा दिएका व्यापारीहरु अहिले सिसि क्यामेरा संचालनमा नआउदा निराश भएका छन ।
धनगढीका मुख्य बजार क्षेत्रमा चोरीका घटनाहरु मात्र नभई तिव्र सहरीकरण र साघँुरा सडकको कारण दुर्घटनाको समस्या पनि बढ्दो छ । तर चौराहदेखि बसपार्कसम्म जडान भएका सिसि क्यामेरा बिग्रीएर काम नलाग्ने भएपछि त्यस क्षेत्रमा भएका अपराधिक घटना अनुसन्धानमा प्रहरीलाई पनि अप्ठेरो हुने गरेको छ । जसक ारण व्यापारीहरुमा थप असुरक्षा बढेको हो । तर जिल्ला प्रहरी कार्यालय कैलालीले भने पटक पटक मर्मतको प्रयास गरेपनि दक्ष प्राविधिक नपाउदा समस्या भईरहेकोजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिरबहादूर बुढामगरले वताए ।
अपराधीको मनोवल घटाउन र चोरी लगायतका घटना न्युनीकरण गर्न सिसि टिभि क्यामेरा निकै प्रभावकारी साधन हो । तर व्यापारीहरुबाट चन्दा संकलन गरी खरिद भएका सिसि क्यामेराहरु पनि मर्मत गरी संचालन गर्न नसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीको गैर जिम्मेवारीपन प्रति नगरवासी निराश छन ।




