सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाढीले आरसीसी वगायो, ठाउँ ठाउँमा सडक अवरुद्ध (फोटो फिचर सहित)

दार्चुलाको नौगाड खोलामा वाढीको वितण्डा

२०७५ असार २७, ११:३०

अविरल वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिकाको नौगाड खोलाले वितण्डा मच्चाएको छ । २०७० सालपछि दोस्रो पटक नौगाड खोलाले पूरै क्षति गरेको छ । बाढीले दुई वटा आरसीसी पूल बगाएको छ भने धुलीगडा खार खलंगा सडक पूरै अवरुद्ध छ । धुलीगडा, गोगने, सौकेबगर खार सडकको ठाउँ ठाउँमा पहिरो गएपछि एक ठाउँबाट अर्को ठाउँ जाने सडक सञ्जाल अवरुद्ध भएको छ । 


दुइ वटा विद्यालय जोखिममा परेपछि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । गाउँपालिका अगाडि रहेको वडा नम्बर ३ को नौगेडेश्वरी प्रावि होपरीगाड र वडा नम्बर ५ मा रहेको समैजी निमावि सौकेबगर विद्यालय जोखिममा परेका छन् । विद्यालयको फिल्ड भत्काइसकेको छ । विद्यालय आउन सक्ने अवस्था नभएपछि विद्यालय बन्द गर्न भनिएको छ ।

खारको आरसीसी पूल, गोधानीको पूल गरी दुई वटा यसपाली निर्माण भएका पूल बगाएको छ । वडा नम्बर ३ मै रहेको मनवीरसिह ठगुन्नाको किराना पसल बगाएको स्थानीय प्रेमसिह ठगुन्नाले जानकारी दिए । यस्तै हरकसिह ठगुन्ना र दलजीत ठगुन्नाको अधिकांश खेती बारी बगाएको छ । 

धुलीगडा र होपरी जोड्ने गरी गत वर्ष झण्डै २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको कपडे भेलको पर्खाल बगाएपछि सडक पूरै अवरुद्ध भएको हो । यस्तै वडा नम्बर १ को प्रावि लक्सेरीको विद्यालय भवन माथिबाट पहिरो आएपछि विद्यालय पूरै जोखिममा छ भने गोधानी जलविद्युत अवरुद्ध भएको छ । 

गाउँपालिका भवन नजिक रहेका होपरीगाड वस्ती पूरै जोखिममा छ । नौगाड गाउँपालिकाको सिप्टी जोड्ने आरसीसी पूल पूरै जोखिममा छ् । ०७० सालको बाढिले नौगाडमा यस्तै क्षति गरेको थियो । अहिले पनि सो भन्दा ठूलो बाढि आएको अध्यक्ष धामीले बताए । 
कमेन्ट लोड गर्नुस