सुदूर नेपाललाई विश्वसँग जोड्दै

लास्कुखोला र निजाङगाड खोला पुल अलपत्र

२०७४ फाल्गुन १५, १०:३४

दार्चुला तिंकर सडकमा पर्ने ५ करोड बढीका दुई वटा पक्की पुलहरुमा ठेकेदारको चरम लार्पावाही देखीएको छ ।

गत आर्थिक बर्षमै निमार्ण सम्पन्न गर्ने भनेर सम्झौता भएका पुलहरुमा चालू आर्थिक बर्षमा थपिएको आठ महिना म्याद बितेपनि पूल निर्माण हुन नसकेको दार्चुला तिंकर सडक आयोजनाले जनाएको छ ।

चालू आर्थिक बर्षमा ९० लाख बजेट रहेको दुइ ओटै पुलमा हालसम्म झन्डै ६ प्रतिशत अर्थात १९ लाख ८८ हजार ६ सय ७१ रुपया बजेट मात्र खर्च भएको छ ।

जिल्ला सदरमुकामबाट उत्तर तिरको बाटो जोड्ने दुई पुलहरु निर्माणको लागि सम्झौता भएको झण्डै दुई वर्ष बित्नै लागेको छ ।

पुल निर्माणको काम हाल आएर ३५ प्रतिशत पुगेको जनाइएको छ । यद्धपि पुलको एकातिरको फाउन्डेसन पिल्लर ठड्याउँनेबाहेक कुनै काम हुन सकेको छैन ।

कमेन्ट लोड गर्नुस