माथि बाट खसेको ढुङ्गलागेर सव ईन्जिनियरको मृत्यु

बझाङ्गमा माथि बाट खसेको ढुङ्गलागेर एक जना सव ईन्जिनियरको मृत्यु भएको छ। चैनपुर ताक्लाकोट सड्क अन्र्तगत पर्ने तल्कोट गाउपालीका वडा न. ३ को रुमाली खोला नजिकै माथि बाट खसेको ढुङ्गलागेर सिन्दुली जिल्ला तिनपाटन गाउपालीका वडा न. २ घर भै हाल बझाङ्गमा सव ईन्जिनियरको काम गर्दै आएका २३ बर्षका नारायण दाहालको मृत्यु भएको हो। आज दिउँसा ११ः३० बजे तिर कामगरी रहेको बेला माथि बाट आएको ढुङ्गलागेर ढुङ्गसँगै २०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको र पोष्र्टमाटमका लागी शव जिल्ला अस्पताल सिमखेत लगीएको जिल्ला प्रहरी कार्यलय बझाङ्गले जनाएको छ।




