माटोको ढिस्कोमा पुरिएर बझाङमा २ जनाको मृत्यु

माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बझाङमा दुई जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको खप्तड छान्ना गाँउपालिका ३ नुवाकोटमा आज बिहान माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दुई जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा खप्तड छान्न गाँउपालिका ३ की ३० वर्षिय रत्ना देवी पाध्याय र २८ वर्षिय सरिता देवी जोशी रहेका छन् ।
त्यस्तै ढिस्कोले लाग्दा घाइते हुनेहरुमा खप्तड छान्ना गाँउपालिका ३ कै सरस्वती पाध्याय र किणी पाध्याय रहेका छन् ।
उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि छान्ना स्वास्थ्य चौकी लगिएको छ ।




