सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाई र भैसीको कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना

फोटो : कृतिम गर्भाधान प्रगोगसाला उद्घाटन कार्यक्रम, सीपी लोहिया दिनेश खबर
फोटो : कृतिम गर्भाधान प्रगोगसाला उद्घाटन कार्यक्रम, सीपी लोहिया दिनेश खबर
२०७५ भदौ ११, ०४:४३

बैतडीमा पहिलो पटक गाई र भंैसीको नश्ल सुधारका लागी कृतिम गर्भादान प्रयोगशालाको स्थापना गरिएको छ । 
स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले नश्लसुधारका लागि जिल्लाको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरमा प्रयोगशालाको स्थापना गरिएको हो । 


मर्सिकोर नेपालको सहयोगमा सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल बैतडीद्वारा संचालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना (एमरेड), डिलाशैनी गाउँपालिका र गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पस बैतडीको संयुक्त साझेदारीमा स्थापना गरिएको हो ।
आर्थिक अभावका कारण उन्नत जातका पशुहरुको खरिद गर्न र परम्परागत पशुपालन पद्धति अपनाएर व्यवसायबाट फाईदा लिन नसकेका कृषकहरुले उक्त प्रयोगशालाबाट फाइदा लिन सक्नेछन् । १ गाई अथवा १ भंैसीमा कृतिम गर्भाधान गरिएको सरकारी दर २५ रुपँया भए पनि प्रबिधिक खर्च थप गरी प्रति पशु  ३ सय रुपैयाँ लिने सम्झौता भएको छ । 
कमेन्ट लोड गर्नुस