सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिप्लव कार्यकर्ताद्धारा जिल्ला शिक्षा अधिकारीमाथी कालो मोसो

२०७४ चैत्र ७, ०२:५९

बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँ माथी कालो मोसो दलिएको छ। बिप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीले सिंहमाथी कार्यकक्षमै गएर कालोमोसो दलेको हो ।

बुधबार विहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्र बहादुर सिहँले जानकारी दिए। तिन जनाको समुहमा आएका बिप्लवका  कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी सिंहमाथी कालोमोसो दलेका उनले बताए।

जिल्ला शिक्षा अधिकारी सिंहले लाखौ रकम भ्रष्टाचार गरेकोले कालोमोसो दलेकोे अखील क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले बताए। 

भवन, लाईबे्ररी र कम्प्युटर वितरणमा लाखौ रुपैया भ्रटचार गरेको आरोपमा जिल्ला शिक्षा अधिकारी माथी कालोमोसो दलेर सांकेतिक कारवाही गरेको बिकले बताए।

जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँले काम छ भन्दै झुक्काएर आफुनो मुखमा कालोमोसो छ्यापेको बताए। 
 

कमेन्ट लोड गर्नुस