सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा दर्जनौ बस्ति पहिरोको जोखिममा,धेरै विस्थापित

२०७५ भदौ २, ११:४८

बाजुराको बुढीगंगा नगरपालिका १ मल्ला कुणीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ भने दर्जनौ बस्तीहरु पहिरोको जोखिममा छन् । त्रिबेणी नगरपालिका ९ पैमा गाँउको तलबाट पहिरा झर्न शुरु भएपछि पैमा गाँउनै पुरै पहिरोको जोखिममा रहेको त्रिबेणी नगरपालिका नगर प्रमुख राम सिंह रावलले वताएका छन् ।

३ सय परिवार रहेको पैमा गाँउनै पहिरोको जोखिममा परेको हो । यस्तै बुढिगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएपछि ८० परिवार पहिरोको जोखिममा रहेको स्थानिय नविन थापाले वताएका छन् । वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घरमाथि बाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

बडिमालिका नगरपालिका ८ मार्तडीमा दर्जन बढी घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । गौमुल गाउँपालिका वडा नम्वर ६ शान्तिटोल, त्रिवेणी नगरपालिकाको मालाकोटमा ८ वटा घर उच्च जोखिममा छन् । ती सबै परिवारले घर छोडिसकेका छन् । बडिमालिका नगरपालिका–९ उखाडीको २० बढी परिवारले बस्ती उच्च जोखिममा परेको छ ।

खप्तड छेडेदह गाउँपालिका ७ गुम्लागाउँका ४२ परिवारले घर छोडेका छन् । गाँउको चारैतिर बाट पहिरो गएपछि परिवार बिस्थापित भएका हुन् । गाउँपालिका ६ नाइनाका २२ परिवारले पनि राती घरमा सुत्न छोडेको स्थानीय दिपक नाथले बताए ।  पहिरोका कारण बडिमालिका नगरपालिका ७ जिल्ली, सिराडी, नगरपालिकाको १ पाटाका सयौ परिवार जोखिममा छन् । 
लगातार एक हप्ता देखि परेको अबिरल बर्षाले बाजुराको सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । पहिरो र बाढिका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्डको १२ किलोमिटर अबरुद्ध भएको हो ।  तलमाथि पुरै पहिरो बगिरहेको छ, सड्कको कुनै निशाना नै राखेको छैन्, सदरमुकाम आवतजावत समेत बन्द भएको त्रिबेणी नगरपालिका स्वास्थ्य संयोजक चिरिन्जीबी शाहले वताए ।

यस्तै बुढिन्नदा नगरपालिका १ पिपलडालिमा रहेको हलिया बस्ती पनि पहिरोको जोखिममा रहेको छ । गाँउ माथि बाट भिर बाट पुरै पहिरो सँगै ढुगां खस्ने थालेपछि २९ परिवार जोखिममा रहेको स्थानिय नरदिप वडले वताएका छन् ।

कमेन्ट लोड गर्नुस