बस्नका लागी घर बाटै चकटी बोकेर स्कुल जान्छन् विद्यार्थी
विद्यालयमा विद्यार्थिहरुलाई बस्नका लागी बेन्च र डेस्क नहुदा समस्या भएको छ । बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेलाको बासुधाराका विद्यार्थी बस्नका लागी घरदेखि नै चकटी लगेर जाने गरेका छन । विद्यालय प्रशासनले बालबालीकाहरुलागी बस्ने व्यावस्था नगरीदिए पछि सो विद्यालयमा अध्यानरत कक्षा १ देखी ५ सम्मका सबै विद्यार्थीहरुलाई कक्षा कोठा भित्र भुईमा बस्नु पर्ने बाध्यता छ । कक्षा भित्र र बाहीर चौरमा समेत ढुङ्गा माटोमा नै बसेर पठन पाठन गरीरहेका छन् । २०५३ सालमा स्थापीत महादेब प्राथमीक विद्यालय बासुधारमा शिक्षकहरुलाई बस्नलाई ५÷७ वटा प्लाष्टिकका कुर्सी र टेबुल भएपनि विद्यार्थी बस्ने कक्षा कोठामा न बेन्च÷डेक्स छन् न त भुईमा कुनै त्रिपाल नै छ ।
सो विद्यालयमा अध्ययनरत विद्यार्थी कक्षा ५ मा अध्ययनरत मनोज जपे्रलले बस्ने समस्या बारे शिक्षक र ब्यावस्थापन समितीले केही पहल नगरेको बताए । सबै विद्यार्थीहरु कापी कलम सहितको पिठ्युमा झोला सहीत कक्षा कोठामा बस्नका लागी घर बाटै चामल पिठोका कट्टाहरु र चकटिहरु लिएर आउने गर्दछन् । उक्त विद्यालयमा १२७ छात्रा र ३७ जना छात्र गरी जम्मा १ सय ६४ जना विद्यार्थी छन्। विद्यालयमा १ दरबन्दी, २ राहात र एक जना निजी शिक्षक र परिचर गरी ५ जना स्टाफ रहेको विद्यालयका प्रअ पे्रम बहादुर जपे्रल बताए ।
विद्यालय स्थापना देखी नै हामीलाई भवनको समस्या थियो उनले भने बल्ल तल्ल स्थानीयको श्रोत साधन बाट बस्नका लागी भवन निर्माण गरीयो तर फर्निचरको व्यावस्था भने गर्न सकिएको छैन्। विद्यालय मर्मत र फर्निचरका लागि भनेर जिल्ला शिक्षा कार्यलयमा धेरै पटक धाएपनि कतै बाट सहयोग नभए पछि विद्यालयमा यस्तो सम्स्या आएको उनले बताए ।