बडिमालिका नगरपालिकाको गेटमा बम फेला

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको गेटका बम राखेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बम बिप्लव समुहले राखेको हुन सक्ने बताएको छ । जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसके प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । बिहानै देखि जिल्ला सदरमुकाम मार्तडी बजार त्रसित बनेको छ । बिच बजार हुँदै जिल्ला प्रशासन, नगरपालिका र रावलबाडाको आवतजावतमा नेपाल प्रहरीले रोक लगाएको छ । संकास्पद बस्तु राखिएको छेउछाउमा सुरक्षाकर्मीद्धारा घेराउमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

