सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा यार्सा संकलन सुरु

२०७५ वैशाख २८, ११:१३

बैशाख १६ गते यार्सा संकलनमा रोक लगाएको भए पनि आज बाट फेरी यार्सा संकलन गर्न छुट गरीएको छ। बैशाख १६ गते सुर्मा गाउपालिकाको धनसेरी वन सुरक्षा समीतीले यार्सा संकलनमा रोक लगाएको थियो। बैशाख १४ गते बसेको धनसेरी वन सुरक्षा समीतीको बैठेकले यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको थियो। यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाइए पछी बैशाख २७ गते सम्मका लागी यार्सा संकलनमा समतीले रोक लगाएको थियो। यार्सा संकलन गरेको फेला परे एक लाख रुपैया जरीवाना गर्ने र संकलन गरीएको यार्सा  समेत जफथ गरीने समीतीले निर्णय गरेपछी यार्सा संकलकहरु घर फिर्ता भएका थिए। 
 

कमेन्ट लोड गर्नुस