सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा यार्सा संकलन गर्न लेक जानेको लर्को 

२०७४ चैत्र २३, ११:२७

विगत वर्ष झै यस बर्ष पनि बझाङमा यार्सा संकलन गर्नका लागी लेक तिर जानेहरुको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथेभेरा गाँउपलीका, बंगल र जयपृथ्वी नगरपालीका स्थानीयहरु अहिले लेक तिर यार्सा संकलन गर्न जान थालेका हुन्।

तिन महिना यार्सा संकलन गरेर झण्डै एक बर्ष खान पुग्ने भए पछि यहाँका स्थानीयहरु सह परिवार सहित यार्सा संकलन गर्न लेक तिर जाने गरेको स्थानीय देब बोहराले बताए। चैत महिनाको अन्तीम साता बाट लेक तिर जाने गरेका यहाँका स्थानीयहरु असार महिनाको अन्तीम तिर मात्र घर फिर्ता हुने गर्दछन्। 

दौलीचौर, सुर्मा, काँडाका स्थानीयहरु अहिलेको सिजनमा घरमा ताला लगाएर यार्सा संकलन गर्न जाने गरेको सुर्मा गाँउपालीकाका पे्रम बहादुर बोहराले बताए।

सुत्केरी महिला, हिडडुल गर्न नसक्ने वृद्ध वृद्धा र ससाना बालबालीका बाहेक सबै अहिलेको सिजनमा यार्सा संकलनका लागी लेक तिर लागेको स्थानीय कलक बहादुर बोहराले बताए। विगतका बर्षहरु भन्दा क्रमीक रुपमा यार्साको उत्पादन घट्दै गएपछि भने यार्सा संकलक चिन्तीत छन्। 
 

कमेन्ट लोड गर्नुस