बझाङमा पाँच जना महिला सम्मानित
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बझाङका पाँच जना महिलाहरु सम्मानित भएका छन् ।
जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले आयोजना गरेको नारी दिवसको अवसरपारी नारीका हक हितका लागी लड्ने र बुहारीहरुलाई छोरी सरह माया गर्नेहरुलाई प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी र जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले दोसल्ला सहित सम्मान गरेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मेनुका सिहँले जानकारी दिईन ।
सम्मानित हुनेहरुमा जयपृथ्वी नगरपालीका ११ की विना केसी र सुना खड्का, १० की पार्वती जोशी, सिद्धकला महर र मष्टा गाँउपालिका १ की सुना रोकाया रहेकी छन् । आफुलाई सम्मान गरेकोमा निकै खुःशी लागेको मष्टा गाँउपालिका १ की सुना रोकायाले बताईन ।