सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा खहरे खोलाले जिप बगाउदा ३ जनाको मृत्यु

२०७५ वैशाख २०, ०२:०७

बझाङको जयपृथ्वी नगरपालिका ७ को खड्केतोला नजिकै खहरे खोलाले जिप बगाउदा ३ जनाको ज्यान गएको छ। 
गएराती तमैलबाट चैनपुरतर्फ आईरहेको जिपलाई सुवेडा खोलामा आएको बाढीले बगाएको थियो। से १ ज ८ सय २० नम्बरको जिप गुडीरहेका बेला खहरे खोलामा एक्कासी बाढी आएको थियो। 
खहरे खोलाले गुडीरहेको जिपलाई बगाएपछि त्यसमा सवार चालक सहित ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खप्तड छान्ना २ घर भै चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका ३१ वर्षिय अम्मराज वन, केदारस्यु १ का २४ वर्षिय असु ओड, र जिप चालक बैतडी घर भै हाल कञ्चनपुरको दोधारा चादनी बस्ने २६ वर्षिय रमेश चन्द रहेका छन्।

जिप खोलाले बगाएर झण्डै ५० मिटर तल खोचमा पुरीएको अवस्थामा भेटिएको हो । घटना गएराती ८ बजे भएको हो।

अप्ठ्यारो भिर र जिप माटोले पुरीएकाले आज दिउँसो साढे २ बजे मात्र शव निकालीएको हो । अहिले घटनास्थलमा स्थानिय वासिन्दा र प्रहरीको टोलीले उद्धार गरिरहेको छ। 

तस्वीरः नरेन्द्र उपाध्यया, बझाङ। 

कमेन्ट लोड गर्नुस