सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको नागरिक सुनुवाईमा गुनासै गुनासो

२०७४ चैत्र ३, ११:५६

जिल्ला प्रहरी कार्यालय बझाङले पहिलो पटक आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानिय सहभागीहरुले प्रहरी प्रशासन लाई गुनासै गुनासो पोखेका छन् ।
प्रहरी कार्यालयले सदरमुकाम चैनपुरको खुल्ला मञ्चमा गरेको सार्वजनिक सुनुवाईमा कार्यालय बाट सम्पादन भएका काम र प्रहरी सेवा प्रति सुझाव सल्लाह तथा गुनासा राख्न नागरिकहरु लाई आग्रह गरेको थियो ।

कार्यक्रमा सहभागी छबिस पाथीभेरा गाँउपालिका मण्डी घर भएकी ढुंकी देबी मण्डेलले महिलाहरु अन्यायमा परेका बेला प्रहरी कार्यालयमा जादा पहँुच बाला ब्यक्तिहरुको भनसुनका आधारमा महिलाका मुद्घा दर्ता नगरिदिएको गुनासो गरिन ।
नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यालयका प्रमुख ऋसीराम कडेलले जिल्लामा प्रहरीको जनशक्ती अभाव भएका कारण अपराध नियन्त्रणमा समस्या भईरहेको बताए ।

कमेन्ट लोड गर्नुस