सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोले बुढिगंगा नदि थुनिने खतरा

द्धवारीमा बुढिगंगा नदि थुनिने खतरामा रहेको ठाँउ, माथि बाट पहिरो लगातार बग्दै गएपछि दुईतिहाई भाग थुनिसकेको छ । फोटो : प्रकाश सिंह, दिनेश खवर
द्धवारीमा बुढिगंगा नदि थुनिने खतरामा रहेको ठाँउ, माथि बाट पहिरो लगातार बग्दै गएपछि दुईतिहाई भाग थुनिसकेको छ । फोटो : प्रकाश सिंह, दिनेश खवर
२०७५ साउन २८, ०६:३२

बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाको बिचमा रहेको द्धवारीमा बुढिगंगा नदि थुनिने खतरा बढेको छ । बर्षातका कारण त्रिबेणी नगरपालिका ९ पैमा गाँउबाट पहिरा झर्न शुरु भएपछि नदि थुनिने खतरामा रहेको त्रिबेणी नगरपालिका नगर मेयर रामसिह रावलले वताए ।
एक हप्ता देखि लगातार पहिरो बग्न थालेपछि द्धवारीमा बुढिगंगा नदि थुनिने खतरामा रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताए ।

नदिको दुईतिहाई भाग थुनिएको र एक भाँगबाट मात्र पानी बगिरहेको उनले बताए । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अड्किएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको उनले वताए । नदि थुनिने जोखिम बढेपछि तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको उनको भनाई छ । 
पैमा गाँउबाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको स्थानिय नविन थापाले वताएका छन् । नदि थुनिने खतरासंगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेका छन् । नदि थुनिने खतरा सँगै अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ ।

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायका अनुसार अछामबाट शसस्त्र प्रहरीको डिएसपीको नेतृत्वमा खतराको अध्ययन भईरहेको उनले बताए । नदि थुनिने खतरासंगै त्यहाँ नजिक आवतजावत बन्द गरिएको छ भने झुलंगे पुलमा समेत आवतजावत बन्द गरिएको छ । द्धवारी बाट पैमा गाँउमा जाने बाटो समेत बन्द भएको त्रिबेणी नगरपालिका नगरप्रमुख राम सिंह रावलले वताएका छन् । 

    
 

कमेन्ट लोड गर्नुस