न तुइन न पूल, खाद्यान्न अभाव हुँदै
दार्चुलामा वर्षाका कारण महाकाली नदी क्षेत्रमा लगाइएका अस्थायी काठे पूल, तुइनसबै नदीले कटान गर्दै बगाएपछि राप्ला, सुनसेरा, धौलाकोट हुती लगायतका स्थानीयलाई आवत जावतमा समस्या भएको छ। हुतीको बडुगाउँ भन्दा माथि झण्डै एक दर्जन तुइन मात्रै थिए। तर अहिले महाकाली बाढिले तुइन कुनै पनि स्थानमा बाकी राखेको छैन्। दैनिक उपभोग्यवस्तु देखि लिएर सबै सामाग्री तुइनको सहारामा ल्याइने गरिएको थियो। तुईन बगाएपछि तीनदिन देखि स्थानीयले नुन खानसमेत नपाउने स्थानीय कल्यान धामीले बताए। भारतीय बजार सँग सीमा जोडिएको कारण सो क्षेत्रका स्थानीय दैनिक उपभोग्य सामाग्री भण्डारण गर्दैनन्। रातदिन तुइनमार्फत सामाग्री ढुवानी गर्ने स्थानीय सबै क्षेत्रका तुइन महाकालीमा विलय भएपछि मार्कामा परेका हुन्। यस्तै अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मा बाढिले दर्जनौ गाइ गोरु बगाएको छ। गत असार १८ गते आएको बाढिले जंगलमा लगाइएका ४० बढि गाइ गोरु बगाएको हो।