सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्याय नपाएको गुनासो

२०७५ वैशाख २४, ०७:२५

बझाङको खप्तड छान्ना गाँउपालिका ६ घर भएकी सर्मीला खड्काले प्रहरी प्रशासनबाट न्याय नपाएको गुनासो गरेकी छिन। बैशाख १९ गते घर बाट विद्यालय जाँदै गरेकी सर्मीलालाई त्यहाँका स्थानीय तेज बहादुर खड्का, त्रिभुवन खड्का, प्रकाश खड्का र कटक खड्का नाम गरेका युवाहरुले धरपटक गरी अपमान गर्न खोजे पछी उनले जिल्ला प्रहरी कार्यालयमा  मुद्धा दर्ता गराएकी थिईन्। तर आफुले मुद्धा दर्ता गराएको ५ दिन वित्दा समेत अभियुक्तहरुलाई प्रहरीले प्रक्राउ नगरेको र उनीहरु निर्धक्क रुपमा गाँउ घरमा नै डुली रहेको पिडितले बताई। 
 

कमेन्ट लोड गर्नुस